Rule 12
म्याद तारेख
न्यायाधिकरण वा पुनरावेदन न्यायाधिकरणमा कारबाही चलेको कुनै मुद्दामा
गुज्रिएको म्याद तारेख थमाउन पाइने छैन ।
तर देहायको अवस्थामा देहाय बमोजिम हुनेछ ः-
(क) पक्षको काबुभन्दा बाहिरको परिस्थितिले गर्दा म्याद वा तारेख गुजे्रको
भन्ने न्यायाधिकरण वा पुनरावेदन न्यायाधिकरणलाई लागेमा एक
पटकको लागि बढीमा सात दिनसम्मको म्याद तारेख थामी दिन सक्नेछ ।
(ख) मुलुकी ऐनको अदालती बन्दोबस्तको महलको ६२ नं. मा लेखिएको जति
कुरामा सोही बमोजिम हुनेछ ।